Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

नक्कली चिकित्सक बनेर बिरामी उपचार गर्ने महिला पक्राउ

नक्कली चिकित्सक बनेर बिरामी उपचार गर्ने महिला पक्राउ

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चिकित्सकको मान्यता प्राप्त उपाधि र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) बिना नै बिरामीको उपचारमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको साविक मातातीर्थ गाविस–७ बसोबास गर्ने ४७ वर्षीया चेतन ए.एम. (पौडेल) रहेकी छन्।

सीआईबीका अनुसार चन्द्रागिरी–८ मा सञ्चालित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट मा कार्यरत पौडेलले आफू चिकित्सक भएको देखाउँदै बिरामीको आधुनिक चिकित्सा विधिबाट परीक्षण, उपचार तथा औषधि सिफारिस गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा उनी बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसहित फेला परेकी थिइन्।

अनुसन्धानका क्रममा उनले नेपाल मेडिकल काउन्सिलबाट आवश्यक दर्ता प्रमाणपत्र (एनएमसी नम्बर) समेत नलिएको पुष्टि भएको सीआईबीले जनाएको छ।

पक्राउ परेकी पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत इलाजसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077