Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपा महाधिवेशन : पहिलो चरणको मतदान फेरि सर्‍यो, अब राति १० बजेदेखि मतदान

रास्वपा महाधिवेशन : पहिलो चरणको मतदान फेरि सर्‍यो, अब राति १० बजेदेखि मतदान

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदानको समय पुनः परिवर्तन गरिएको छ।

यसअघि बुधबार राति ८ः३० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको भए पनि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गर्न समय लागेपछि मतदान राति १० बजेदेखि सुरु हुने गरी सारिएको हो।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना सुरु गरिनेछ भने त्यसलगत्तै मतपरिणाम सार्वजनिक गरिनेछ।

महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ।

निर्वाचन आयोगले मतदान प्रक्रिया निष्पक्ष, व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077