Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेदवारी दर्ता

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेदवारी दर्ता

बुधवार , आषाढ १०, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन्। यससँगै पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ ।

पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार मंगलबार साँझ ७ बजे सुरु भएको उम्मेदवारी दर्ता प्रक्रिया बुधबार बिहान २ बजेसम्म चलेको थियो ।

प्रारम्भिक विवरणअनुसार केन्द्रीय सदस्य पदमा व्यापक चासो देखिएको र अधिकांश मन्त्री तथा सांसदहरूले समेत उम्मेदवारी दर्ता गरेको उनले जानकारी दिए।

रास्वपाका १८२ सांसद र १६ जना मन्त्री रहेको उल्लेख गर्दै आयोगले दर्ता भएका उम्मेदवारीहरूको नामावली हाल रुजु गरिरहेको जनाएको छ। आयोगका अनुसार अन्तिम सूचीपछि मात्र आधिकारिक उम्मेदवार संख्या सार्वजनिक हुनेछ।

निर्वाचन आयोगले आजै केन्द्रीय सदस्यका लागि मतदान हुने जनाएको छ। चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा मतदानको तयारी पूरा गरिएको छ।

यसअघि सभापति पदमा अन्य उम्मेदवारी नपरेपछि रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्य चयन प्रक्रिया मात्रै बाँकी रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077