Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपाको केन्द्रीय सदस्यमा प्रधानमन्त्री सचिवालयका असिम शाहसहित ३ जनाको उम्मेदवारी

रास्वपाको केन्द्रीय सदस्यमा प्रधानमन्त्री सचिवालयका असिम शाहसहित ३ जनाको उम्मेदवारी

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ ।  

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिए । प्रधानमन्त्री शाहलाई रास्वपासँग वार्ता गराउने र समझदारी गर्नमा प्रमुख भूमिका नै असिमले खेलेका थिए ।

यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए ।

प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077