Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपा केन्द्रीय सदस्यमा मोहन थापाको उम्मेदवारी

रास्वपा केन्द्रीय सदस्यमा मोहन थापाको उम्मेदवारी

बुधवार , आषाढ १०, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मोहन थापाले उम्मेदवारी दिएका छन् ।

थापा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धामा उत्रिएका हुन् । उनी भूगोलतर्फबाट उम्मेदवार बनेका छन् ।

उनी रास्वपाका संस्थापक सदस्यसमेत हुन् । रवि लामिछानेले पार्टी खोल्दा उनी केन्द्रीय सदस्य बनेका थिए । सदस्य पदमा उम्मेदवारी दिएका थापाले प्रतिनिधिहरू र मतदातासँग मत मागिरहेका छन् ।

उनले आफूलाई मतदान गरिदिन अपिलसमेत गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077