Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने को हुन् ?

विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने को हुन् ?

बुधवार , आषाढ १०, २०८३

मोरङ । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

गएराति करिब साढे १२ बजेतिर दाहसंस्कार स्थलमा केही व्यक्तिहरू समूह बनाएर होहल्ला गर्दै अश्लील गतिविधि गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना निर्वस्त्र अवस्थामा फेला परेका थिए। सार्वजनिक स्थानमा अनुशासन विपरीत गतिविधि भइरहेको देखिएपछि तत्काल हस्तक्षेप गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ४४ वर्षीय सुरेन्द्र मणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय किशोर काफ्ले र विराटनगर–४ का ४४ वर्षीय छबिलाल घिमिरे रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077