Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपा महाधिवेशन: चौथो पटक संशोधन गरियो निर्वाचन कार्यतालिका, राति साढे ८ बजेबाट मतदान

रास्वपा महाधिवेशन: चौथो पटक संशोधन गरियो निर्वाचन कार्यतालिका, राति साढे ८ बजेबाट मतदान

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान आज राति साढे ८ बजेबाट सुरु हुने भएको छ।

केन्द्रीय निर्वाचन आयोगले बुधबार संशोधित कार्यतालिका प्रकाशित गर्दै मतदानको समय तोकेको हो।

आइतबारबाट सुरु भएको महाधिवेशनको नेतृत्वका लागि चौथो पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

यसअघि मंगलबार नै सबै प्रक्रिया पूरा गरि आज बिहानबाटै मतदान गर्ने तयारी गरिएको थियो । तर अझैसम्म महाधिवेशन प्रतिनिधिहरुको नामावली नै प्रकाशन गर्न नसकिएको हो ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार आजै अपरान्हमा महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली बुधबार दिउँसो साढे ३ बजे नै प्रकाशन गरिएको जनाइएको छ ।

उम्मेदवारहरुको विरुद्ध परेका दाबी विरोधका लागि साढे ५ बजेसम्मको समय दिइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुकी साँढे ६ बजेको समय तोकिएको छ । ६ः४५ बजेबाट मौनअवधि सुरु हुने र राति साढे ८ बजेबाट पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन हुनेछ ।

मतदान सकिएको दुई घण्टापछि मतगणना र मतपरिणाम घोषणा हुने आयोगले जनाएको छ।

पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि हुने तय थियो। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन् भने वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहलाई बनाउने तयारी छ। 

अब ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनमा भोटिङ हुनेछ। 

महाधिवशेनमा ९९ केन्द्रीय सदस्यका लागि ३७० भन्दा बढीको उम्मेदवारी परेको छ। केन्द्रीय सदस्य निर्वाचन सकिएपछि पदाधिकारीका लागि निर्वाचन हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077