काठमाडौं । ठेकेदार रत्नप्रसाद गौतममाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ।
उनले विभिन्न नेताहरूको पैसा आफ्नो कम्पनीमार्फत शुद्धीकरण गरेको प्रमाणका आधारमा छानबिन अघि बढाइएको स्रोतको दावी छ ।
विभाग स्रोतका अनुसार गौतम खानी निर्माण सेवा प्रालिका अध्यक्ष हुन्। उनले नेताहरूकै आडमा ठूला सरकारी ठेक्का पनि हत्याउँदै आएका छन्। खासगरी एमाले नेताहरूसँग उनको दोस्ती छ।
त्यही साँठगाँठका आधारमा उनी रातारात करोडपति बनेका व्यवसायी हुन्। विभागले उनको कम्पनीले तिरेको करको विवरण समेत झिकाइसकेको छ ।
न्यून कर तिरेको तर व्यक्तिगत सम्पत्ति भने अथाह देखिएपछि उनी छानबिनमा तानिएका हुन्। विभिन्न नेताहरूको अकुत सम्पत्ति उनको कम्पनीमा लगानी गरेको सूचना विभागले पाएको छ ।
हाल विभागले थुनामा राखेर अनुसन्धान गरिरहेका पूर्वअर्थमन्त्री विष्णु पौडेल र गौतमबिच पनि आर्थिक कारोबार देखिएको स्रोत बताउँछ।