Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, घर र कार्यालयमा छापा

मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, घर र कार्यालयमा छापा

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो।

सम्बन्धित निकायले ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँमाथि अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।

अनुसन्धान टोलीले काठमाडौंस्थित नक्सालमा रहेको कार्यालय, सुन्धारास्थित कार्यालय तथा हेटौंडास्थित घर र कार्यालयमा छापा मारेको स्रोतको भनाइ छ।

साथै अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया अघि बढाउने विषयमा समेत आवश्यक कानुनी परामर्श स्रोतको भनाइ छ।

मुख्यमन्त्री बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति र बागमती प्रदेश संसदीय दलका  नेता समेत हुन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077