Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इन्द्र बानियाँको कम्पनी किन तानियो सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा ?

इन्द्र बानियाँको कम्पनी किन तानियो सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा ?

सोमवार , बैशाख २१, २०८३

काठमाडौं। निर्माण व्यवसायी समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका छन्। 

सरकारले अध्यादेशमार्फत सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गरेलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुख्यमन्त्री बानियाँलाई अनुसन्धानमा तानेको हो।

बानियाँको निर्माण कम्पनी बानियाँ निर्माण सेवा प्रालि काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्य्राक) आयोजनाको एक प्रमुख ठेकेदार कम्पनी हो । बानियाँको उक्त कम्पनीले द्रुत मार्गको प्याकेजहरूमा सडक निर्माणको ठेक्का पाएको छ । 

बानियाँ निर्माण सेवाले द्रुतमार्गको १४ अर्बको ठेक्का पाएको छ । सो लगायत अन्य निकायहरुबाट पाएको ठेक्काको रकम मोविलाइजेसनमा प्रयोग गरेको पाइएपछि मुख्यमन्त्री बानियाँ सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका हुन् । 

अनुसन्धानका क्रममा विभागको टोलीले बानियाँको घर र निजी कार्यालयमा छापा मारेको छ। विभागको टोलीले सोमबार एउटै समयमा बानियाँको घर र दुई वटा निजी कार्यालयमा छापा मारेको हो । 

स्रोतका अनुसार बानियाँले ठेक्काबापत कम्पनीमा गएको मोबिलाइजेसन रकमबाट सेयर खरिद गरेको भेटिएको छ । बानियाँले अरु ठेक्काहरुबाट समेत गरी २ अर्ब दुरुपयोग गरेको स्रोतको दावी छ । उनले द्रुतमार्गमा राम्रोसँग काम गर्न पनि सकेका छैनन् । 

उनीसँगै मोतिदान कन्स्ट्रक्सन सेवाका विकास गौतमले पनि काम गरिरहेका छन् । ९ अर्ब १० करोडको लट नम्बर १४ को काठमाडौं–तराई द्रुतत मार्गमा ठेक्का पाएको यो कम्पनी पनि काम गर्न नसकेर विवादमा तानिएको छ । 

बानियाँको कम्पनीले ठेक्का लिएका अन्य सडकहरु पनि रुग्ण र अलपत्र छन्। 

सुन्धारास्थित कार्यालय बनियाँले कार्यकर्ता भेटघाटका लागि प्रयोग गर्ने गरेका थिए। त्यस्तै नक्सालस्थित कार्यालय भने व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्। 

बानियाँ गत साउन २० गते मुख्यमन्त्री बनेका थिए। 

यसैबीच बानियाँले भने आफ्नो निवास र कार्यालयमा भएको छानबिन तथा अनुसन्धानात्मक कारबाहीप्रति आपत्ति जनाएका छन् । 

उनले आफू राज्यका कुनै पनि निकायले बोलाएको अवस्थामा भौतिक रूपमा उपस्थित हुन सक्ने अवस्थामै रहेका बेला पनि छापा मारेर आफ्नो चरित्रमाथि आघात पुर्‍याइएको बताएका छन्।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्–‘राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु । तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077