Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्रिनसीटी अस्पतालका टण्डनमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान, रोक्न चलखेल

ग्रिनसीटी अस्पतालका टण्डनमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान, रोक्न चलखेल

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौं । युनिटी इन्टरनेशनल नामक नेटवर्किङ कम्पनीको नाममा अरबौं ठगीमा मुछिएका ग्रिनसिटी अस्पतालका संचालक लोकबहादुर टण्डनमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले छानबिन गरिरहेको छ ।

हजारौं नेपालीसँग युनिटीको नाममा उठाएको रकम उनले जग्गामा अपारदर्शी ढंगले लगानी गरेका थिए । जसका बिषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा उजुरी परेपछि उनीमाथि छानबिन भएको १ बर्ष बितिसकेको छ ।

तर, उनी उक्त जग्गा खरिद लगायत अन्य ठाउँमा गरेको लगानीको स्रोत देखाउन नसकेपछि बिभागका कर्मचारीलाई प्रभावमा पारी आफूबिरुद्धको कारबाही रोकाउन खोजिरहेका छन् ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष टण्डनलाई गएको भदौ २४ गते जेनजी आन्दोलनकारीले तत्कालीन अर्थमन्त्री बिष्णु पौडेल भन्दै रामधुलाई गरेका थिए ।

जेनजीको कुटाइबाट उनी घाइते भएका थिए । त्यतिबेला उनलाई केही आन्दोलनकारीले ‘युनिटीमा सर्वसाधारणको पैसा खाएका हुन्, अहिले अस्पताल चलाउँछन्, यी बिष्णु पौडेल होइनन्’ भनेपछि जोगिएका थिए । 

अस्पतालमा लगानी गर्न उनै टण्डनले २० करोड ऋण लिने क्रममा धितो राखेको जग्गा नै नक्कली भएको बिभागको अनुसन्धानका क्रममा खुलेको थियो । नक्कली ऋण देखाएर अस्पतालमा लगानी गरेको तथा नक्कली लेनदेनको तमसुक गराएको समेत बिभागको अनुसन्धानको क्रममा खुलेपछि उनी समस्यामा परेका हुन् ।

सम्पत्ति शुद्धीकरणको कारबाहीबाट जोगिन पछिल्ला दिनमा टण्डनले आफू समस्यामा परेको र आफ्ना कारण अस्पताल पनि मुद्दा मामिलाको चक्करमा फस्ने त्रास देखाएर अस्पतालका सेयरधनीहरुसँग सेटिङका लागि करिव ५ करोड रकम आवश्यक भएको भन्दै माग गरेपछि यो कुरा बाहिरिएको स्रोतले थप बतायो ।

टण्डनले अस्पतालका सेयरधनीहरुलाई बोलाएर ‘बिभागका उपसचिव धु्रुव शर्माज्यूले सबै मिलाइदिन्छु भन्नुभएको छ । अस्पतालमा पनि धेरै पटक उहाँ आइसक्नुभएको छ, तपाईंहरुलाई थाहै छ । मसँग अस्पताल पनि जोडिएकाले यो मिलाउन सबैजना मिलेर सहयोग गर्नुहोस् । जतिसक्दो सेटल गरिहाल्नुपर्छ ।’ टण्डनको भनाइ उद्धत गर्दै अस्पताल स्रोत भन्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा गजेन्द्र ठाकुर महानिर्देशक भएपछि ठूला उजुरीहरुमाथि शर्माले मोलमोलाई गर्ने गरेको स्रोत बताउँछ । स्वयम्भूको लगानीको स्रोत नखुलेको एक होटल र न्यूरोडका केही सुनपसलेहरु पनि बिभागको अनुसन्धानमा तानिएका छन् ।

राजस्व समूहका उपसचिव शर्मा सम्पत्ति शुद्धीकरणमा आउनुअघि सिमरा कर कार्यालय लगायतका स्थानमा काम गरिसकेको हुँदा उनी जहाँ समस्या हुन्छ त्यहाँ खेल्न सक्छन् । 

राजश्व अनुसन्धान विभागबाट बढुवा भई सिधै सम्पत्ति सुद्धीकरणमा उपसचिव भएर पुगेका शर्मामाथि ‘आफै धामी आफै झाँक्री’ भनेझैँ झुटो निवेदन हालेर बयानमा बोलाउने र दुःख दिने गरेको आरोप पनि लाग्दै आएको छ ।

शर्माले अर्थ सचिव डा. घनश्याम उपाध्यायलाई पनि मिलाउनु पर्छ भन्दै टण्डनलगायत उजुरी परेका व्यापारीहरुसँग मोलमोलाई गर्ने गरेको विभाग स्रोत बताउँछ । उनै शर्मामाथि अस्पतालको स्रोत लुकाउनसमेत मद्दत गरेको आरोप पनि लागेको छ ।

टण्डनमाथि सम्पत्ति शुद्धीकरणमा छानबिन भइरहेकोबारेमा अनलाइन नेपालले प्रतिक्रियाका लागि प्रयास गर्दा लोकबहादुर टण्डन सम्पर्क हुन सकेन । यस्तै बद्नाम कर्मचारीहरुका कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको भूमिका सन्तोषजनक नहुँदा नेपाल ग्रे लिष्टबाट ब्ल्याकलिष्टमा जाने खतरा बढेको छ ।

शर्माले सुन व्यापारीसँग बार्गेनिङ गरेको कुरा माथिल्लो निकायसम्म पुग्दा समेत उनको व्यवहार नसुध्रिएको विभागकै एक अधिकारीले बताएका छन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा विभागका महानिर्देशक रहेका पुष्पराज शाहीले एक नायिकाका श्रीमानको बालुवाटारमा रहेको कपाल रोप्ने क्लिनीकको कागजपत्र नमिलेको र पैसाको स्रोत खुलाउनुपर्ने भन्दै अनावश्यक दुःख दिएर १ करोड भन्दा बढी रकम बार्गेनिङ गरेको खुलेपछि तुरुन्तै उनी कारबाहीस्वरुप विभागबाट तानिएका थिए । यति हुँदा पनि विभागका कर्मचारीहरुको धन्दा अझै रोकिएको छैन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077