Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपाको राजनीतिक दस्ताबेजमा किन अटाएन माओवादीको सशस्त्र द्वन्द्व ?

रास्वपाको राजनीतिक दस्ताबेजमा किन अटाएन माओवादीको सशस्त्र द्वन्द्व ?

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक दस्ताबेजमा तत्कालिन नेकपा माओवादीको सशस्त्र युद्धलाई भने नसमेटेको पाइएको छ । 

रास्वपाले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र युद्धको इतिहासलाई अस्वीकार गरिदिएको हो । 

सभापति लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको ‘बलिदानप्रति कृतज्ञ छौँ र भविष्यप्रति विश्वस्त’ भन्ने खण्डमा २००७ सालको क्रान्ति, २०४६ सालको आन्दोलन र २०६२–६३ सालको आन्दोलनलाई सम्मानजनक इतिहासका रूपमा सम्बोधन गरिएको छ । साथै, ती क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै बलिदानको अवमूल्यन हुन नदिने प्रतिबद्धता जनाइएको छ ।

तर, १० वर्षे माओवादी सशस्त्र युद्धलाई भने रास्वपाले आफ्नो राजनीतिक दस्ताबेजबाट हटाइदिएको छ । झण्डै सबै राजनीतिक दलले नकारात्मक वा सकारात्मक रूपमा आफ्नो राजनीतिक दस्ताबेजमा प्रस्तुत गर्ने गरेको माओवादी द्वन्द्वलाई रास्वपाले भने हटाइदिएको हो । 

बरु लामिछानेले महिला, दलित, मधेसी, जनजाति, आदिवासीका आन्दोलनको बलिदान र समावेशितामा त्यसको ऐतिहासिक योगदानलाई सम्मान गर्दै आफूहरू इतिहासका कृतज्ञ उत्तराधिकारी भएको दाबी गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077