एजेन्सी । दक्षिण अमेरिकी देश भेनेजुएलामा बुधबार साँझ गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
हाल भेनेजुएलाका स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले एक सरकारी टेलिभिजनलाई जानकारी गराएअनुसार भूकम्पमा परि मृत्यु हुनेको संख्या २३५ पुगेको छ।
यस्तै ४,३०० भन्दा बढी घाइते भएको उनले जानकारी गएका छन्।
भूकम्प स्थानीय समयअनुसार साँझ ६ः०४ बजे नेपाली समय अनुसार (विहीबार बिहान ३ः४९ बजे) गएको थियो । ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो।
यसलाई शताब्दीयताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि अग्ला भवनहरु भत्किएका थिए। यसको धक्का छिमेकी देश कोलम्बियाको बोगोटासम्म महसुस गरिएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढी मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको आकलन गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार भग्नावशेष भित्रबाट आवाज सुनिएकाले मृतकको संख्या बढ्ने सम्भावना छ।
राजधानी क्षेत्रमा उद्धारकर्मीहरू भग्नावशेषभित्र जीवित बाँचेकाहरूको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।