Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

विदेशबाट महँगा चुरोट आयात गर्ने फर्मलाई पौने ११ करोड जरिवाना

काठमाडौं । दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने एक फर्मलाई वीरगञ्ज सुख्खा भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो ।

जरिवाना तिर्नका लागि सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

आयातकर्ताले २६ हजार ६१० केजी मुङको दाल आयात गरेको भनेपनि पछि हेर्दा कन्टेनरमा १४ हजार ८२५ किलो मात्रै दाल भेटिएको भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077