Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सरकारको कडा चेतावनी- श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही हुन्छ

सरकारको कडा चेतावनी- श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही हुन्छ

'न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्दछ'

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । 

बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुनविपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । 

उनले भने- 'न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्दछ । त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ । त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको कानुनविपरीत हुन्छ।' 

सचिव काफ्लेले श्रमिकको मानव अधिकार संरक्षण र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सरकारले विभिन्न श्रम मापदण्ड तथा कार्ययोजना कार्यान्वयन गरिरहेको जानकारी दिए ।

श्रमिकको सामाजिक सुरक्षालाई मानव अधिकारको महत्वपूर्ण पक्षका रूपमा सरकारले लिएको उनको भनाइ थियो।

उनले विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि पनि सरकार प्रतिबद्ध रहेको दाबी गरे । वैदेशिक रोजगारीका क्रममा श्रमिकमाथि हुने शोषण तथा अधिकार हनन रोक्न आवश्यक नीतिगत तथा व्यवहारिक पहललाई सरकारले प्राथमिकतामा राखेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077