Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार तीन सय !

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको हो ।

आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो । यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो । अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पुर्‍याइएको हो ।

यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र मंहगी भत्ता ५ हजार ६१५ रुपैयाँ रहेको थियो । मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077