'राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित समयमै बस्ने'
काठमाडौं । बिहीबार (भोलि)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ।
सत्तारुढ दल रास्वपाको महाधिवेशनलाई केन्द्रित गरेर ६ दिन बैठकपछिलाई राखिएको थियो। तर रास्वपाको जारी महाधिवेशन लम्बिएको छ ।
यसैगरी सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम १२ असार शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोकेको महासचिव पाण्डेयद्धारा जारी सूचनामा उल्लेख छ ।
यस्तै राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित ११ असारमा नै बस्नेछ।