काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । तर विपक्षी दलहरुको विरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।
त्यसपछि सभामुख र विपक्षी दलहरुबीच एक घण्टाभन्दा बढी समय छलफल भएको थियो ।
फेरी बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदहरुले आफ्नो सीटमा उभिएर प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग गर्दै विरोध गरिरहेका थिए ।
विपक्षी दलको निरन्तर विरोधपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।
यसअघि राष्ट्रियसभाको बैठक पनि प्रधानमन्त्री वालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको थियो ।