Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा बैठक स्थगित

कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभा बैठक स्थगित

'राजेन्द्र राईले सभामुखलाई भने- तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ?'

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बुधबार बसेको बैठक कार्यसूचीमा प्रवेश नगरी सुरु भएको केही समयमै स्थगित भएको हो ।

एमाले सांसद राजेन्द्र राईले सभामुखलाई 'तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनी प्रश्न गरेका थिए ।

'माननीय सदस्य ! तपाईं सभामुखको अपहेलना गर्दै हुनुहुन्छ त्यसो हुँदा तपाईं बस्नूस्,' सभामुख अर्यालले निर्देशन दिँदै राईलाई रोकेका थिए ।

सभामुखले बोल्न नदिएपछि एमालेका सांसद उठेर विरोध जनाइरहेका छन् ।

सांसद राईको अभिव्यक्तिप्रति रास्वपाकी सांसद ज्वाला संग्रौलाले पनि आपत्ति जनाइन् । उनले सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाइ सच्च्याउन भन्दै राईलाई दोस्रो पटक बोल्न समय दिए। तर, उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै ५ वर्ष सदन चलाउन नसक्ने बताइदिए।

सोही अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077