काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबार उद्योगी–व्यवसायीका प्रमुख प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजे हुने छलफलछ ।
छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख संस्थाका अध्यक्ष तथा पदाधिकारीलाई आमन्त्रण गरिएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रधानमन्त्रीसँगको छलफलका लागि निमन्त्रणा प्राप्त भएको पुष्टि गरेका छन्।
उद्योगी–व्यवसायीहरूले सरकारले बजेट सार्वजनिक हुनुअघिदेखि नै प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादको पहल गर्दै आएका थिए ।
आर्थिक गतिविधिमा देखिएको सुस्तता, लगानीमैत्री वातावरण, निजी क्षेत्रका समस्या तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विषयहरू छलफलको मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ।