काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले इजिप्टविरुद्धको रोमाञ्चक जितसँगै विश्वकप इतिहासमा नयाँ–नयाँ कीर्तिमान थपेका छन्। व्यक्तिगत उपलब्धि र टोलीको जित दुवै हिसाबले उनको लागि यो खेल स्मरणीय बनेको छ।
नकआउट चरणमा इजिप्टविरुद्ध ३–२ को पुनरागमन जितमा एक गोल गरेका मेसी जारी विश्वकपमा सर्वाधिक ८ गोल गर्ने खेलाडी बनेका छन्। यससँगै उनले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २१ पुर्याउँदै सर्वाधिक गोलकर्ताको कीर्तिमानलाई अझ मजबुत बनाएका छन्।
यति मात्र होइन, मेसीले लगातार ९ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बनेर अर्को ऐतिहासिक उपलब्धि पनि आफ्नो नाममा लेखाएका छन्। उनको निरन्तर गोल गर्ने क्षमताले विश्व फुटबलमा नयाँ मानक स्थापित गरेको छ।
तर, यो खेलमा मेसीको नाममा एउटा अवाञ्छित रेकर्ड पनि थपिएको छ। उनले इजिप्टविरुद्ध प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्। यससँगै जारी विश्वकपमा उनले पाएका दुवै पेनाल्टी अवसर गुमाएका छन्।
यसअघि समूह चरणमा अष्ट्रियाविरुद्धको खेलमा पनि मेसी पेनाल्टीमा असफल भएका थिए ।