Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा

कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ।

भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल स्थान बनाउन सफल भएको हो। 

निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । दुवै टोलीले कडा रक्षात्मक प्रदर्शन गरे पनि कुनै पनि टोलीले जाल चुमाउन सकेन।

पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुको हर्नान्डेजले प्रहार गोलमा परिणत गर्न नसक्दा टोली महत्त्वपूर्ण अवसरबाट वञ्चित भयो। स्विट्जरल्याण्डका मेनुअल अकान्जीले पनि एक प्रहार चुकेका थिए। तर अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै स्विट्जरल्याण्डलाई ४–३ को जित दिलाए।

यस जितसँगै स्विट्जरल्याण्डले अन्तिम आठमा स्थान बनाएको छ। अब उसले क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाको चुनौती सामना गर्नेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077