Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । स्पेनले पोर्चुगलमाथि रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकामा सम्पन्न अन्तिम–१६ को प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन्। खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिइरहेका बेला ९१औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।

यस जितसँगै स्पेनले जारी विश्वकपमा आफ्नो प्रभावशाली रक्षात्मक प्रदर्शनलाई पनि कायम राखेको छ। स्पेन प्रतियोगितामा हालसम्म एक गोल पनि नखाने टोलीका रूपमा क्वाटरफाइनल पुगेको छ।

अब स्पेनले सेमिफाइनल प्रवेशका लागि अमेरिका र बेल्जियमबीच हुने अन्तिम–१६ को विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077