Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

अधुरै रह्यो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना

अधुरै रह्यो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने आजीवन सपना अन्ततः अधुरै रह्यो ।

फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा छिमेकी प्रतिद्वन्द्वी स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ भने ४१ वर्षीय रोनाल्डोको विश्वकप यात्रा पनि भावुक अन्त्यमा पुगेको छ ।

अमेरिकाको टेक्सासमा सम्पन्न रोमाञ्चक भिडन्तमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन्। खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिरहेका बेला मिकेल मेरिनोले इन्जुरी समयमा गरेको निर्णायक गोलले स्पेनलाई क्वाटरफाइनल पुर्‍यायो र पोर्चुगलको यात्रा टुंगियो।

छैटौँ तथा अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो खेल सकिएपछि निकै भावुक देखिए। समर्थकहरूलाई हात हल्लाउँदै मैदानबाट बाहिरिएका उनले आँसु रोक्न सकेनन्।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'यसरी प्रतियोगिताबाट बाहिरिनु पर्दा दुःख लाग्नु स्वाभाविक हो। तर मैले आफ्नो तर्फबाट सबैथोक दिएँ, आफ्नो उत्कृष्ट प्रदर्शन गरेँ। म सफा विवेकका साथ मैदानबाट बिदा हुँदैछु। यही फुटबल हो, यही जीवन हो। कहिले जितिन्छ, कहिले हारिन्छ।'

रोनाल्डोले यो नै आफ्नो अन्तिम विश्वकप भएको पुनः पुष्टि गरे। यद्यपि, राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे भने उनले तत्काल कुनै निर्णय नगर्ने बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077