Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

बेल्जियम क्वाटरफाइनलमा, अमेरिकाको विश्वकप यात्रा समाप्त

बेल्जियम क्वाटरफाइनलमा, अमेरिकाको विश्वकप यात्रा समाप्त

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । बेल्जियमले आयोजक राष्ट्र अमेरिकालाई एकपक्षीय रूपमा पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अन्तिम–१६ अन्तर्गत भएको खेलमा बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो। यससँगै विश्वकपमा बाँकी रहेका तीनवटै सह–आयोजक राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि क्यानडा र मेक्सिको पनि नकआउट चरणबाटै बाहिरिसकेका थिए।

बेल्जियमको जितमा चार्ल्स डी केटेलाएर नायक बने। उनले खेलको ९औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। अमेरिकाका मालिक टिलम्यानले ३१औँ मिनेटमा बराबरी गोल फर्काए पनि त्यो खुशी धेरै बेर टिकेन।

केटेलाएरले ३३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए। दोस्रो हाफमा बेल्जियमले खेलमाथि पूर्ण नियन्त्रण कायम गर्‍यो।

५७औँ मिनेटमा हान्स भानाकेनले तेस्रो गोल थपे भने इन्जुरी समयको अन्त्यतिर अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको ४–१ को प्रभावशाली जित पक्का गरे।

यो जितसँगै बेल्जियमले क्वाटरफाइनलमा स्पेनसँग भेट पक्का गरेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077