एजेन्सी । पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम–१६ बाटै बाहिरिएपछि कप्तान नेयमार मैदानमै भक्कानिएर रोएका छन् ।
नर्वेसँग २–१ को अप्रत्याशित हार बेहोरेसँगै ब्राजिलको छैटौं विश्वकप उपाधि जित्ने सपना फेरि अधुरै बनेको हो ।
सोमबार बिहान भएको प्रि–क्वार्टरफाइनलमा एर्लिङ हालान्डको दुई गोलमा नर्वे विजयी बन्दै ऐतिहासिक रूपमा क्वाटरफाइनलमा पुगेको थियो।
ब्राजिलका लागि इन्जुरी समयमा नेइमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन त्यो पर्याप्त भएन।
रेफ्रीले अन्तिम सिट्टी बजाउनेबित्तिकै नेयमार मैदानमै थुचुक्क बसेर आँशु बगाइरहेका दृश्यले विश्वभरका फुटबल समर्थकलाई भावुक बनायो। ब्राजिलियन खेलाडीहरू पनि निराश हुँदै मैदानमै ढलेका थिए।
३४ वर्ष पुग्न लागेका नेयमारका लागि यो सम्भवतः अन्तिम विश्वकप भएकाले पराजयको पीडा अझ गहिरो देखिएको थियो। कप्तानका रूपमा ब्राजिललाई छैटौं विश्वकप उपाधि दिलाउने उनको ठूलो सपना यसपटक पनि पूरा हुन सकेन।