Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

ब्राजिल अन्तिम १६ बाटै बाहिरियो, नर्वेको जितमा हालाण्ड बने नायक

ब्राजिल अन्तिम १६ बाटै बाहिरियो, नर्वेको जितमा हालाण्ड बने नायक

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । एर्लिङ हालाण्डको शानदार प्रदर्शनमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

ब्राजिलविरुद्धको अपराजित इतिहासलाई कायम राखेको नर्वेले निर्णायक समयमा दुई गोल गर्दै अन्तिम आठमा प्रवेश गरेको हो। २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेका लागि यो ऐतिहासिक उपलब्धि बनेको छ।

नर्वेको जितका नायक बनेका हालाण्डले खेलको ७९औँ मिनेटमा एन्ड्रियास जेल्डेरुपको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा फेरि जेल्डेरुपकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।

यससँगै हालाण्डले प्रतियोगितामा आफ्नो गोलसंख्या सात पुर्‍याएका छन्।

ब्राजिलले खेलमा दुई पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो अवसरमा ब्रुनो ग्युमोरेस गोल गर्न असफल भए। अतिरिक्त समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यसले ब्राजिललाई हारबाट जोगाउन सकेन।

यो जितसँगै नर्वे विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। अब नर्वेले सेमिफाइनल प्रवेशका लागि मेक्सिको र इंग्ल्याण्डबीच हुने प्रिक्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077