Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

एनपीएल अक्सन- ३: रितलाई चार लाख जनकपुरले निम्ति भित्र्यायो

एनपीएल अक्सन- ३: रितलाई चार लाख जनकपुरले निम्ति भित्र्यायो

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि क्याटोगोरी ‘सी’ बाट अहिलेसम्म १७ खेलाडी बिक्री भएका छन्। 

सोमबार काठमाडौंमा जारी अक्सनबाट एनपीएलको तीनै क्याटोगोरीका १२४ मध्ये अहिलेसम्म १७ खेलाडीलाई क्लबले खरिद गरेका हुन्।

एपीएलको पहिलो संस्करणको विजेता जनकपुरले रित गौतम चार लाख २५ हजार रुपैयाँमा भित्र्याए टिममा भित्र्याएको छ ।

यसैगरी काठमाण्डू गोर्खाज सोनु देवकोटालाई दुई लाख रुपैयाँमा भित्र्याएको छ ।

बलर मौसम ढकाल एनपीएलको तेस्रो संस्करणको निम्ति तीन लाख रुपैयाँमा चितवन राइनोजमा अनुबन्धित भएका छन् ।

क्यानका अनुसार एनपिएलका लागि कुल ३‌ बसय ४७ खेलाडीले नाम दर्ता गराएका थिए। 

त्यसबाट अक्सन का लागि १ सय ५५ खेलाडी छनोट भएका छन्। छनोट भएका खेलाडीमध्ये क्याटेगोरी ‘ए’ मा ५ जना, ‘बी’ मा २७ जना र ‘सी’ मा १२३ जना रहेका छन्।

अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ खेलाडीलाई अनुबन्ध गर्नेछन्। 

क्यानका अनुसार तेस्रो संस्करणदेखि प्रतियोगिताको टोली संरचनामा पनि परिवर्तन गरिएको छ। 

अब प्रत्येक फ्रेन्चाइज टोलीमा थप दुई नेपाली खेलाडी समावेश गरिनेछ। यससँगै मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसमेत गरी प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहने व्यवस्था गरिएको छ।

एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ। काठमाडौं गोर्खाजसँग सबैभन्दा कम मात्र ३४ लाख रुपैयाँ बाँकी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077