Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

ट्रम्पको हस्तक्षेपपछि अमेरिकी स्टार बालोनगनको रेड कार्ड फुकुवा

ट्रम्पको हस्तक्षेपपछि अमेरिकी स्टार बालोनगनको रेड कार्ड फुकुवा

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष हस्तक्षेपपछि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको एक खेलको प्रतिबन्ध निलम्बन गरिएको दाबी सार्वजनिक भएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका बालोगुनले नियमअनुसार विश्वकपको अन्तिम–१६ मा बेल्जियमविरुद्धको खेल गुमाउने निश्चित थियो ।

तर ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरी निर्णय पुनरावलोकन गर्न आग्रह गरेपछि फिफाले उनको प्रतिबन्ध तत्कालका लागि निलम्बन गरेको स्रोतहरूले बताएका छन्।

फिफाले जारी गरेको विज्ञप्तिअनुसार अनुशासन संहिताको धारा २७ अन्तर्गत बालोगुनमाथिको एक खेलको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिसम्मका लागि निलम्बन गरिएको छ। यदि उनले त्यस अवधिमा यस्तै प्रकृतिको अर्को गम्भीर अनुशासनहीनता दोहोर्‍याए भने अहिले रोकिएको प्रतिबन्ध स्वतः लागू हुने उल्लेख गरिएको छ।

निर्णयपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिँदै फिफालाई धन्यवाद दिएका छन्।

'सही निर्णय गर्दै ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद।' यससँगै यस प्रतियोगितामा तीन गोल गरिसकेका बालोगुन सोमबार बेल्जियमविरुद्ध हुने अन्तिम–१६ को खेल खेल्न पाउने भएका छन्। 

बालोगुनले बोस्निया–हर्जेगोभिनाविरुद्ध २–० को जितमा गोल गरेका थिए । तर दोस्रो हाफमा तारिक मुहरेमोभिचको खुट्टामा बुटले प्रहार गरेको घटनापछि भिडियो सहायक रेफ्रीको समीक्षापछि उनलाई सिधै रातो कार्ड देखाइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077