Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

केप भर्डेसँग अर्जेन्टिनाको संघर्षपूर्ण जित, अब इजिप्टसँग भिड्ने

केप भर्डेसँग अर्जेन्टिनाको संघर्षपूर्ण जित, अब इजिप्टसँग भिड्ने

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

रोमाञ्चक प्रतिस्पर्धामा केप भर्डेलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। योसँगै उनले जारी विश्वकपमा आफ्नो सातौँ गोल गरेका छन् भने विश्वकप इतिहासमा व्यक्तिगत गोल संख्या २० पुर्‍याउँदै अर्को कीर्तिमान पनि कायम गरे।

पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध केप भर्डेले दोस्रो हाफमा शानदार पुनरागमन गर्‍यो। ५८औँ मिनेटमा ड्रोए डुवार्टेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो।

अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए। तर केप भर्डेले हार मानेन। १०३औँ मिनेटमा सिड्ने लोपस क्याब्रेलले गोल गर्दै फेरि खेल २–२ को बराबरीमा पुर्‍याए।

खेल निर्णायक मोडमा पुगेका बेला १११औँ मिनेटमा केप भर्डेका डिनी बोर्गसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि वरदान सावित भयो। त्यसै गोलको मद्दतमा अर्जेन्टिनाले ३–२ को कठिन जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गर्‍यो।

अब क्वाटरफाइनल प्रवेशका लागि अर्जेन्टिनाले ऐतिहासिक रूपमा पहिलोपटक विश्वकपको अन्तिम १६ मा पुगेको इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077