Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको बराबरी गोल र इन्जुरी समयमा गोन्सालो रामोसको निर्णायक प्रहारसँगै पोर्चुगलले क्रोएसियामाथि २–१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

टोरन्टोमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा टुंग्याएका थिए। दोस्रो हाफको ५२औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

तर ६६औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई कप्तान रोनाल्डोले सफलतापूर्वक गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला इन्जुरी समयको ९२औँ मिनेटमा गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए।

खेलको अन्तिम क्षणमा क्रोएसियाले बललाई जाली चुमाए पनि भिडियो सहायक रेफ्री (VAR) परीक्षणपछि अफसाइड ठहर भएपछि उक्त गोलले मान्यता पाएन।

यस जितसँगै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। अब पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077