Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विश्वकप जितको खुसी शोकमा बदलियो, मेक्सिको सिटीमा ४ जनाको मृत्यु

विश्वकप जितको खुसी शोकमा बदलियो, मेक्सिको सिटीमा ४ जनाको मृत्यु

बिहिवार , आषाढ १८, २०८३

एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत इक्वेडरलाई पराजित गर्दै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेपछि राजधानी मेक्सिको सिटीमा मनाइएको ऐतिहासिक विजय उत्सव दुःखद घटनामा परिणत भएको छ ।

अत्यधिक भीड र अव्यवस्थित उत्सवका क्रममा चार जनाको मृत्यु भएको मेक्सिकोको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मेक्सिको सिटी स्वास्थ्य सचिवालयका अनुसार राजधानीको चर्चित 'एन्जेल अफ इन्डिपेन्डेन्स' स्मारक वरपरको क्षेत्रमा बुधबार राति दुई महिला र एक पुरुष अचेत अवस्थामा फेला परेका थिए।

उनीहरू ४८, ४४ र १९ वर्षका रहेको जनाइएको छ। उनीहरूको मृत्युको यथार्थ कारणबारे भने अधिकारीहरूले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव नादिन ग्यासम्यानले अर्का ३० वर्षीय पुरुषको पनि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिइन्।

भीडका क्रममा गम्भीर रूपमा घाइते भएका ती पुरुषमा कम्पन र पेटभित्र आन्तरिक रक्तस्राव देखिएको थियो। आपत्कालीन उद्धारपछि अस्पताल पुर्‍याइए पनि हृदयघातका कारण उनको ज्यान गएको बताइएको छ।

मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले आपत्कालीन टोलीले सूचना प्राप्त हुनासाथ तत्काल उद्धार प्रयास गरे पनि चारै जनालाई बचाउन नसकिएको बताइन्। उनले नागरिकलाई जिम्मेवार, सुरक्षित र संयमित ढंगले विजय उत्सव मनाउन आग्रह गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077