Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पेनाल्टीमा नेदरल्याण्ड्स स्तब्ध, मोरोक्को अन्तिम १६ मा

पेनाल्टीमा नेदरल्याण्ड्स स्तब्ध, मोरोक्को अन्तिम १६ मा

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । मोरोक्कोले रोमाञ्चक पुनरागमन गर्दै नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ।

यससँगै नेदरल्याण्ड्स विश्वकपबाट बाहिरिएको छ भने मोरोक्कोले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा विश्राममा पुगेको थियो।

दोस्रो हाफको ७१औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। खेल जित्ने अवस्थामा देखिएको नेदरल्याण्ड्सलाई मोरोक्कोले अन्तिम समयमा झट्का दियो।

९०औँ मिनेटमा इस्सा डियोपले महत्वपूर्ण बराबरी गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए। त्यसपछि अतिरिक्त ३० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

टाइब्रेकरमा मोरोक्कोले उत्कृष्ट प्रदर्शन गर्दै ३–२ को जित निकाल्यो। नेदरल्याण्ड्सका जस्टिन क्लुभर्ट, क्विन्टन टिम्बर र क्राइसेन्स समरभिल पेनाल्टीमा गोल गर्न असफल भए, जसको फाइदा उठाउँदै मोरोक्कोले ऐतिहासिक जित दर्ता गर्‍यो।

यस जितसँगै मोरोक्को विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने उपाधि दाबेदारमध्ये एक मानिएको नेदरल्याण्ड्सको यात्रा नकआउट चरणमै समाप्त भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077