Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कोलोम्बिया र पोर्चुगलसहित कंगो पनि विश्वकपको नकआउट चरणमा

कोलोम्बिया र पोर्चुगलसहित कंगो पनि विश्वकपको नकआउट चरणमा

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । कोलम्बिया समूह 'के' को विजेताका रूपमा फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेले पनि सात अंकसहित शीर्षस्थान सुरक्षित गर्दै उसले अन्तिम १६ मा स्थान बनाएको हो।

यसअघि कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ र डीआर कंगोलाई १–० ले पराजित गर्दै लगातार दुई जित निकालेको थियो। पोर्चुगलसँग अंक बाँडेपछि उसको कुल अंक सात पुगेको हो।

यता, पोर्चुगल पनि पाँच अंकसहित समूह उपविजेताका रूपमा अर्को चरणमा पुगेको छ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानमाथि ५–० को प्रभावशाली जित निकालेको थियो।

समूह 'के' बाट डीआर कंगोले पनि ऐतिहासिक सफलता हासिल गरेको छ। अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दै चार अंक जोडेको डीआर कंगो उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो।

५२ वर्षपछि विश्वकपमा फर्किएको डीआर कंगोका लागि योआने विसाले दुई गोल गरे भने फिस्टोन मेयाले एक गोल थपे। यसअघि पोर्चुगलसँगको बराबरीबाट प्राप्त एक अंकले पनि उसको यात्रालाई सहज बनाएको थियो।

उता, लगातार तीनै खेलमा हार बेहोरेको उज्वेकिस्तान अंकविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077