Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

नेदरल्याण्ड्स समूह ‘एफ’ को विजेता : जापान उपविजेता, ट्युनिसिया बाहिरियो

नेदरल्याण्ड्स समूह ‘एफ’ को विजेता : जापान उपविजेता, ट्युनिसिया बाहिरियो

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । विश्वकपको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा ट्युनिसियालाई ३–१ ले पराजित गर्दै नेदरल्याण्ड्स समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै तेस्रो मिनेटमै अग्रता लिएको थियो । ट्युनिसियाका एलिस स्किरीले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले १–० को अग्रता बनाएको हो। त्यसको चार मिनेटपछि ब्रायन बबीले गोल थप्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्‍याए।

ट्युनिसियाका हाजेम मस्त्यौरीले एक गोल फर्काएर टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि दोस्रो हाफको ६३औँ मिनेटमा जोन पाउल भानले गोल गर्दै नेदरल्याण्ड्सको ३–१ को जित सुनिश्चित गरे।

यसअघि नेदरल्याण्ड्सले जापानसँग बराबरी खेल्दै एक अंक बटुलेको थियो भने स्वीडेनलाई ५–१ ले हराएको थियो। ट्युनिसियाविरुद्धको जितसँगै नेदरल्याण्ड्सले तीन खेलबाट सात अंक जोड्दै समूहको शीर्ष स्थान सुरक्षित गर्‍यो।

उता, समूहको अर्को खेलमा जापान र स्वीडेनले १–१ को बराबरी खेले । जापानका लागि ५५औँ मिनेटमा डाइजेन मेदाले गोल गर्दै अग्रता दिलाएका थिए। तर, स्वीडेनका एन्थोनी एलेग्नाले ६१औँ मिनेटमा बराबरी गोल फर्काएपछि दुवै टोलीले अंक बाँडे।

जापानले यसअघि ट्युनिसियालाई ४–० ले हराएको र नेदरल्याण्ड्ससँग बराबरी खेलेको थियो। यता, स्वीडेनले ट्युनिसियामाथि ५–१ को जित निकाले पनि नेदरल्याण्ड्ससँग समान अन्तरले पराजित भएको थियो।

समूह चरणको समाप्तिसँगै नेदरल्याण्ड्स सात अंकसहित समूह विजेता बन्यो भने पाँच अंक जोडेको जापान उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो।

चार अंकमा सीमित स्वीडेन गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहँदै बाहिरियो। तीनै खेल गुमाएको ट्युनिसिया भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077