Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

जर्मनी पराजित भए पनि समूह विजेता, इक्वेडर र आइभरीकोस्ट नकआउटमा

जर्मनी पराजित भए पनि समूह विजेता, इक्वेडर र आइभरीकोस्ट नकआउटमा

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘इ’ को अन्तिम खेलमा जर्मनी इक्वेडरसँग २–१ ले पराजित भए पनि गोल अन्तरका आधारमा समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७–१ र दोस्रो खेलमा आइभरीकोस्टलाई २–१ ले हराएको थियो। तीन खेलबाट ६ अंक जोडेको जर्मनीले समान अंक भएको आइभरीकोस्टलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान सुरक्षित गर्‍यो।

खेलको दोस्रो मिनेटमै लेरी सेनको गोलबाट जर्मनीले अग्रता लिएको थियो। तर, सात मिनेटपछि निल्सन आर्ग्युलोले बराबरी गोल गर्दै इक्वेडरलाई खेलमा फर्काए।

दोस्रो हाफको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गरेपछि इक्वेडरले २–१ को महत्त्वपूर्ण जित निकाल्यो। यससँगै इक्वेडरले ४ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो।

उता, अर्को खेलमा आइभरीकोस्टले क्युरासाओलाई २–० ले पराजित गर्दै पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

आइभरीकोस्टका लागि निकोलस पेपेले दुवै गोल गरे। यसअघि इक्वेडरलाई पराजित गरेको आइभरीकोस्टले पनि तीन खेलबाट ६ अंक जोड्यो। तर, गोल अन्तरमा जर्मनीभन्दा पछि पर्दा दोस्रो स्थानमा सीमित रह्यो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077