Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

महामन्त्रीको दौडबाट शिशिर खनाल बाहिरिए, सहमतिका लागि उम्मेदवारी फिर्ता

महामन्त्रीको दौडबाट शिशिर खनाल बाहिरिए, सहमतिका लागि उम्मेदवारी फिर्ता

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीको महामन्त्री पदको प्रतिस्पर्धाबाट आफूलाई अलग गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत खनालले महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

खनालले पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

उनले पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई अझ सशक्त, एकताबद्ध र व्यवस्थित बनाउन सहमतिमार्फत नेतृत्व चयन हुनु आवश्यक रहेको उल्लेख गरेका छन्।

साथै, आफ्नो निर्णयले महामन्त्री पदका अन्य आकांक्षी नेताहरूलाई पनि सहमतिको बाटो रोज्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077