काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसद् प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।
राष्ट्रपति पौडेलले बिहीबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।