Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, ठूलो जनधन क्षतिको आशंका

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, ठूलो जनधन क्षतिको आशंका

बिहिवार , आषाढ ११, २०८३

एजेन्सी । भेनेजुएलाको राजधानी काराकास र आसपासका क्षेत्रमा केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएपछि व्यापक जनधन क्षतिको आशंका गरिएको छ। पहिलो भूकम्प ७.२ म्याग्निच्युडको र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

भूकम्पका कारण राजधानीका विभिन्न क्षेत्रमा भवनहरू चर्किने, भत्किने तथा संरचनामा ठूलो क्षति पुगेको छ। त्रासका कारण हजारौं मानिस घर छाडेर सडक तथा खुला स्थानमा शरण लिन बाध्य भएका छन्।

गृहमन्त्री डिओसडाडो काबेलोले नागरिकलाई सम्भावित पराकम्प (आफ्टरशक) को जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न र आवश्यक नभएसम्म घरभित्र नफर्किन आग्रह गरेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को प्रारम्भिक जोखिम मूल्याङ्कनअनुसार यस शक्तिशाली भूकम्पबाट ठूलो मानवीय क्षति हुन सक्ने सम्भावना रहेको छ। प्रारम्भिक अनुमानमा मृतकको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने जोखिम औंल्याइएको छ, यद्यपि आधिकारिक रूपमा हालसम्म यति ठूलो मानवीय क्षतिको पुष्टि भएको छैन।

स्थानीय समयअनुसार साँझ ६ः०४ बजे गएको भूकम्पको केन्द्रबिन्दु काराकासको पश्चिमस्थित मोन्टालबान क्षेत्रमा रहेको जनाइएको छ। भूकम्पको धक्का ट्रुजिलो, याराकुई, काराबोबो, अरागुआ, मिरान्डा, ला गुएरा लगायतका राज्यहरूमा समेत महसुस गरिएको छ।

आन्तरिक मन्त्रालयका अनुसार राजधानीको पालोस ग्रान्डेस र अल्टामिरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालित छन् भने क्षतिको पूर्ण विवरण संकलन गर्ने काम जारी छ।

भूकम्पको कम्पन छिमेकी कोलम्बियाको राजधानी बोगोटासम्म महसुस भएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077