Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मध्यराति भुटानमा भूकम्प, नेपालका पूर्वी क्षेत्रमा पनि धक्का महसुस

मध्यराति भुटानमा भूकम्प, नेपालका पूर्वी क्षेत्रमा पनि धक्का महसुस

सोमवार , जेठ २५, २०८३

काठमाडौं । भुटानमा आइतबार राति ५.३ म्याग्निच्युडको भूकम्प जाँदा नेपालका पूर्वी जिल्लासहित भारत, बंगलादेश र चीनका केही क्षेत्रमा पनि धक्का महसुस गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार राति ११ः३६ बजे भुटानको पुनाखा जिल्ला नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको केन्द्र पुनाखाबाट करिब ५ किलोमिटर टाढा रहेको जनाइएको छ।

भूकम्पको कम्पन नेपालका पूर्वी क्षेत्रका विभिन्न जिल्लामा महसुस गरिएको भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

स्थानीय बासिन्दाले केही सेकेन्डसम्म घर तथा भवनहरू हल्लिएको अनुभव गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077