Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

दक्षिण अफ्रिकाको ऐतिहासिक जित, पहिलोपटक नकआउट चरणमा

दक्षिण अफ्रिकाको ऐतिहासिक जित, पहिलोपटक नकआउट चरणमा

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को निर्णायक खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै इतिहास रचेको छ।

एस्टाडियो मोन्टेरेमा भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकालाई जित दिलाउने निर्णायक गोल थापेलो मासेकोले ६३औँ मिनेटमा गरे। त्यसपछि दक्षिण कोरियाले बराबरी गोलका लागि लगातार दबाब बनाए पनि दक्षिण अफ्रिकी रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगायो।

यो जितसँगै दक्षिण अफ्रिकाले पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ, जुन टोलीको विश्वकप इतिहासकै सबैभन्दा ठूलो उपलब्धि बनेको छ।

दक्षिण कोरियाका लागि भने यो हार ठूलो झट्का सावित भएको छ। गोल गर्न असफल बनेपछि टोली समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077