काठमाडौं । विश्वकप २०२६ को समूह चरणअन्तर्गत दोस्रो खेलमा इंग्ल्याण्ड र घाना गोलरहित बराबरीमा रोकिएका छन्। दुवै टोलीले उत्कृष्ट रक्षात्मक प्रदर्शन गरे पनि निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न सकेन ।
पहिलो खेलमा प्रभावशाली जित निकालेका दुवै टोली दोस्रो खेलमा भने अंक बाँड्न बाध्य भए। इंग्ल्याण्डले पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो भने घानाले पानामालाई १–० ले हराएको थियो।
यस बराबरीसँगै दुवै टोलीले एक–एक अंक थप्दै दुई खेलबाट समान ४–४ अंक बनाएका छन्।
समूह 'एल' मा शीर्ष स्थानको प्रतिस्पर्धा अझ रोमाञ्चक बनेको छ भने अन्तिम समूह चरणको खेलले नकआउट चरणमा पुग्ने टोलीको टुंगो लगाउनेछ।