Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

अष्ट्रियामाथि अर्जेन्टिनाको सानदार जित, मेस्सीको कीर्तिमान

अष्ट्रियामाथि अर्जेन्टिनाको सानदार जित, मेस्सीको कीर्तिमान

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । लियोनल मेस्सीको ऐतिहासिक प्रदर्शनमा अर्जेन्टिनाले अष्ट्रियामाथि २–० को जित निकाल्दै फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

खेलको ३८औँ मिनेट र इन्जुरी समयमा दुई गोल गरेका मेस्सी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यी दुई गोलसँगै विश्वकपमा उनको कुल गोल संख्या १८ पुगेको छ। उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्।

यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए। अष्ट्रियाविरुद्धको खेलमा थप दुई गोल गर्दै उनले नयाँ इतिहास रचे।

यद्यपि खेलको चौथो मिनेटमै अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। अष्ट्रियाली खेलाडीको फाउलपछि पेनाल्टी प्रहार गर्ने जिम्मा मेस्सीले लिएका थिए, तर उनको प्रहार पोस्टबाहिरिएपछि सुरुआती अग्रता लिने अवसर गुमेको थियो।

अर्जेन्टिनाले यसअघि समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराएको थियो भने अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरेको थियो।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक जोड्दै समूह चरणको एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। मेस्सीको कीर्तिमानी प्रदर्शनले अर्जेन्टिनाको उपाधि यात्रालाई थप मजबुत बनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077