Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

स्पेनको शानदार पुनरागमन, साउदी अरबमाथि ४–० को प्रभावशाली जित

स्पेनको शानदार पुनरागमन, साउदी अरबमाथि ४–० को प्रभावशाली जित

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । पहिलो खेलमा अंक बाँड्न बाध्य भएको स्पेनले विश्वकप फुटबलको समूह चरणअन्तर्गत दोस्रो खेलमा साउदी अरबलाई ४–० ले पराजित गर्दै प्रभावशाली पुनरागमन गरेको छ ।

केप भर्डेसँग गोलरहित बराबरी खेलेर प्रतियोगिता सुरु गरेको स्पेनले दोस्रो खेलमा सुरुदेखि नै आक्रामक प्रदर्शन गर्‍यो। खेलको १०औँ मिनेटमा लेमिन यामलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

त्यसपछि २१औँ र २३औँ मिनेटमा मिकेल ओयारजाबालले लगातार दुई गोल गर्दै पहिलो हाफमै स्पेनलाई ३–० को बलियो अवस्थामा पुर्‍याए।

दोस्रो हाफको ४८औँ मिनेटमा स्पेनको प्रहार साउदी गोलरक्षक मोहम्मद एलोवाइसले बचाए पनि रिबाउन्ड बल क्लियर गर्ने क्रममा रक्षक हसन अल ताम्बक्तीको खुट्टामा ठोक्किएर आफ्नै पोस्टमा छिर्यो। उक्त आत्मघाती गोलसँगै स्पेनले ४–० को अग्रता बनायो।

खेलको ९०औँ मिनेटमा फेरान टोरेसले जाली चुमाए पनि भीएआर जाँचपछि अफसाइड ठहरिएपछि गोलले मान्यता पाएन।

यो जितसँगै स्पेनले दुई खेलबाट चार अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा साउदी अरबले उरुग्वेसँग १–१ को बराबरी खेलेको थियो। स्पेनले भने अब अन्तिम समूह चरणको खेलमा नकआउट चरण प्रवेश सुनिश्चित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077