काठमाडौं । फिफा विश्वकप समूह चरणअन्तर्गत भएको खेलमा क्युरासाओ र इक्वेडरबीचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ। दुवै टोलीले अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न असफल रहे ।
यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए। क्युरासाओ जर्मनीसँग ७–१ ले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १–० ले हार बेहोरेको थियो ।
यस खेलको बराबरी नतिजासँगै क्युरासाओ र इक्वेडर दुवैले समान १–१ अंक जोड्दै समूहमा पहिलो अंक बटुल्न सफल भएका छन्। अब दुवै टोलीका लागि नकआउट चरण प्रवेशको सम्भावना जोगाउन बाँकी खेल निर्णायक हुने देखिएको छ।