Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पहिलो हाफमै ब्राजिल हाबी, हाइटीविरुद्ध ३–० को अग्रता

पहिलो हाफमै ब्राजिल हाबी, हाइटीविरुद्ध ३–० को अग्रता

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले हाइटीविरुद्ध पहिलो हाफमै प्रभावशाली प्रदर्शन गर्दै ३–० को अग्रता बनाएको छ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै हाइटीमाथि दबाब कायम राख्यो । खेलको २३औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले पहिलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

कुन्हाले ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल थप्दै ब्राजिलको पकड अझ बलियो बनाए।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दै तेस्रो गोल गरेपछि ब्राजिल ३–० को सहज अग्रतासहित विश्राममा पुगेको छ।

ब्राजिलले बल नियन्त्रण, पासिङ र आक्रमण तीनै क्षेत्रमा वर्चस्व कायम राख्दा हाइटीले भने प्रभावकारी अवसर सिर्जना गर्न सकेको छैन। विश्वकप इतिहासमा ब्राजिल र हाइटीबीच यो पहिलो भेट हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077