Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक आज भरतपुरमा बस्दै

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक आज भरतपुरमा बस्दै

शनिवार , आषाढ ६, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय समितिको अन्तिम बैठक बस्दैछ । भरतपुरस्थित सिएमटी रिसोर्टमा दिउँसो बस्ने बैठकले महाधिवेशनका महत्वपूर्ण एजेन्डालाई अन्तिम रूप दिनेछ ।

बैठकमा पहिलो महाधिवेशनको तयारी, विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

विशेषगरी हाल १३१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विधान संशोधनमार्फत १५१ सदस्यीय बनाउने प्रस्ताव आजको बैठकबाट पारित गर्ने तयारी गरिएको छ। केन्द्रीय समितिबाट अनुमोदन भएको संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा निर्णयका लागि पेश गरिनेछ।

रास्वपा चितवनका सभापति मिनि माधव खनालका अनुसार पार्टी सभापति रवि लामिछाने पनि आज चितवन पुगेर केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन भोलिदेखि तीन दिनसम्म भरतपुरमा सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधि, नेता–कार्यकर्ता तथा पर्यवेक्षकको सहभागिता रहने अपेक्षा गरिएको छ।

महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्टहाउस चौरमा आयोजना गरिनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077