Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कमेडियन हिमेशद्धारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

कमेडियन हिमेशद्धारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

शनिवार , आषाढ ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व चयनको चहलपहल तीव्र बनेको छ ।

यही क्रममा युवा नेता हिमेश पन्तले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत पन्तले असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

२०७९ सालको संघीय निर्वाचनमा उम्मेदवार बनेका पन्तले २०८२ मा पार्टीका अन्य उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेलेको दाबी गर्दै संगठन सुदृढीकरणलाई आफ्नो मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन्।

आफ्नो उम्मेदवारीलाई उनले पद प्राप्तिको चाहना नभई पार्टीलाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता भएको बताएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077