Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रास्वपा महाधिवेशनमा सुरक्षा व्यवस्था कडा, १ हजार ८७ प्रहरी परिचालन

रास्वपा महाधिवेशनमा सुरक्षा व्यवस्था कडा, १ हजार ८७ प्रहरी परिचालन

शनिवार , आषाढ ६, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ ।

भोलिदेखि सुरु हुने तीनदिने महाधिवेशनका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार महाधिवेशनको उद्घाटन तथा बन्द सत्रलाई ध्यानमा राख्दै छुट्टाछुट्टै सुरक्षा रणनीति तयार गरिएको छ ।

महाधिवेशन अवधिभर ठूलो सङ्ख्यामा प्रतिनिधि तथा सर्वसाधारणको भीड हुने अनुमानसहित सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए। साथै, ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी परिचालन गरिएको छ।

प्रहरीले सवारी व्यवस्थापन सहज बनाउन भरतपुरस्थित बीरेन्द्र क्याम्पस पछाडिको चौर र केन्द्रीय बसपार्कलाई ठूला सवारीसाधन पार्किङ स्थलका रूपमा तोकेको छ।

महाधिवेशनमा बन्दसत्रमा करिब ३,५०० देखि ४,००० प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ भने उद्घाटन सत्रमा करिब ४०,००० जना स्वतःस्फूर्त रूपमा सहभागी हुने अनुमान गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077