Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हिरासतमा श्रीकृष्ण मृत्यु प्रकरणबारे गृहमन्त्री गुरुङले भने- पोस्टमार्टम रिपोर्टमा कुटपिट गरेको देखिएन

हिरासतमा श्रीकृष्ण मृत्यु प्रकरणबारे गृहमन्त्री गुरुङले भने- पोस्टमार्टम रिपोर्टमा कुटपिट गरेको देखिएन

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सिन्धुली प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन कुटपिटबाट नभएको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफ दिँदै छानबिन समिति प्रतिवेदनमा हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको उल्लेख भएको जानकारी गराएका हुन्।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका बिक जवरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय खुर्कोटको न्यायिक हिरासतमा थिए । सोही क्रममा विक ७ वैशाखको साँझ हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

विकलाई तत्कालै उद्धार गरेर सिन्धली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । 

तर, विकको मृत्यु संकास्पद रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, खिमा विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद गणेश विक लगायत जिल्ला प्रशासन कार्यालय सिन्धुली पुगेर धर्ना दिँदै छानबिनको माग गरेका थिए ।

विक मृत्यु प्रकरणमा प्रहरीको भूमिकामाथि शंका उत्पन्न भएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ११ वैशाखमा छानबिन समिति गठन गरेका थिए ।

उक्त प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए। यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077